वीरगंज १० साउन ÷ बीरगंजका पत्रकार सफल खतिवडाले आफनो जन्मदिनमा रक्तदान गरेका छन । विगत तीनवर्षदेखी जन्मदिनको अवसरमा रक्तदान गर्दै आएको उनले बताए । ०६३ सालमा एसएलसी परिक्षा दिएपछि रक्तदान गर्न शुरु गरेको पत्रकार खतिवडाले हालसम्म २० पटक रक्तदान गरिसकेको बताए । उनले जन्मदिनको अवसरमा आज रक्तसंचार केन्द्र बीरगंजमा गएर रक्तदान गरेको बताए । खतिवडा बीरगंजबाट प्रकाशित हुने बीरगंज समाचारपत्रको समाचार प्रमुख र नेपाल पत्रकार महासंघ पर्सा शाखा कार्यसमितीको सदस्य पनि हुन ।