काठमाडौँ, २ असोज । सोसल नेटवर्किंग साइट फेसबुकले पत्रकारहरुलाई लक्षित गर्दै नयाँ टूल लन्च गरेको छ । सिग्नल नामको उक्त फिचरको माध्यमबाट पत्रकारहरुले फेसबुकमै विश्वका महतवपूर्ण समाचारहरुको बारेमा जानकारी पाउन सक्छन् ।

यो टूल पत्रकारका लागि पूर्ण रुपमा निशुल्क रहेको बताइएको छ । फेसबुकको मिडिया पार्टनरशीप विभागका निर्देशक एन्डी मिसेल भन्छन्: हामीले धेरै पत्रकारहरुबाट यो सुनेका छौँ की उनीहरु चाहन्छन् फेसबुकमा न्युज एकत्रिकरण (ग्यादरिंग) का लागि कुनै सजिलो तरिका होस्, जसमा ट्रेन्डस्, फोटो, भिडियो तथा फेसबुक तथा इन्स्टाग्राम पोष्टहरुको जानकारी समेत मिलोस् र त्यसलाई पत्रकारले आफुले तयार पार्ने स्टोरीका क्रममा प्रयोग गर्न सकियोस् ।

यो सेवा लन्च गर्नासाथ फेसबुको सिधा टक्कर न्यूज ब्रेकिंग सोसल नेटवर्किंग साइट टि्वटरसँग हुनेछ । सिग्नल पत्रकारका लागि निकै नै सहयोगी सावित हुनेछ । फेसबुकले यो अत्युत्तम टूलमा ट्रेंडिंग न्यूज, ट्रेंडिंग टपिक्स आदि देखाइदिनेछ । साथै फेसबुकको सर्च अप्सनमा समेत आफुलाई चाहिएको समाचार खोज्न सकिनेछ ।

स्मरणीय छ की एक हप्ता पहिले मात्र फेसबुकले भेरिफाइड प्रोफाइलवाला पत्रकारका लागि मेन्सन्स नामक एप लन्च गरेको थियो । त्यसभन्दा पहिले पनि फेसबुकले केही मिडिया एजेन्सीहरुसँग मिलेर इन्स्ट्यान्ट आर्टिक फिचर ल्याएको थियो, जसका माध्यमबाट फेसबुकमै समाचार पढ्न सकिन्छ । पत्रकारलाई फेसबुकमै विश्वभरका खबर पूराउने उद्धेश्यका साथ फेसबुकले एफबी वायर सर्भिसको पनि सुरुवात गरेको थियो ।

.

-f