वीरगंज अषाढ १४

बाराबाट प्रहरीले अवैध रुपमा भारततर्फ लैजाँदै गरेको ५५ वटा गाईगोरु सहित ३ जनालाई पक्राउ गरेको छ ।  गाईगोरु ओसार पसारमा संलग्न रहेको अरोपमा पक्राउ परेका तीनै जना भारतीय नागरिक हुन् । प्रहरीले भारत मोतिहारी जिल्ला थाना जिल्ला झाझरा पञ्चयात बस्ने वर्ष २५ बर्षिय कृष्ण कुमार यादव, उनको भाई वर्ष १८ को मुरारी कुमार यादव र सोही गाउँको भट्टीटोला बस्ने वर्ष ३१ को सुनिल यादव रहेका छन् । सिम्रौनगढ नगरपालिका वडा नं. १ स्थित हिराचोक हुंदै रेगनीयाढाटमा नेपालबाट भारत तर्फ अवैध रुपमा चोरी निकासी गरी लगिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौंरले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वमा खटिएकोे टोलीले साना ठूला गाईगोरु गरी अन्दाजी ४ लाख मुल्य बराबरको जम्मा ५५ वटा गाईगोरु नेपाल भारत सिमानाकाबाट नियन्त्रणमा लिएका थिए । गाईगोरु लिलाम प्रक्रियाका लागि वीरगञ्ज भन्सार कार्यालयसँग समन्वय भईरहेको बारा प्रहरीले जनाएको छ । ओसार पसारमा संलग्न तीनै जना भारतीय नागरिकलाई भने आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाईएको छ ।