वीरगंज २२ चैत । नेपाल विद्यार्थी संघ प्रदेश नम्बर दुईका केन्द्रिय सदस्य सुधिर पटेलले विज्ञप्ती जारी गर्दैै नेविसंघको नाम पर्सा जिल्लामा बदनाम पार्न खोज्नेहरुलाई कार्यवाही गर्ने चेतावनि दिएका छन । केन्द्रिय सदस्य पटेलले पर्सामा जिल्ला कार्यसमिति र इकाई समितीहरु वैद्यानिक रुपमा नरहेको अवस्थामा केहिले नेविसंघको नामै बदनाम हुने गरि जिल्ला कार्यसमिति र इकाईको नाममा ज्ञापन बुझाउने काम गर्दैै आएको पाइएकोले अबका दिनमा त्यस्तो कृयाकलाप नगर्न र गरेको पाइएमा कार्यवाहीको भागिदार बन्नुपर्ने चेतावनि दिएका छन । उनले नेविसंघको नाममा कुनै पनि प्रकारको आर्थिक सहयोग नगर्न सबैलाई सुचित गरेका छन ।