वीरगंज,१ फागुन । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले सामाजिक सदभावको बिकासमा सबै समुदायको ध्यान जानु पर्नेमा जोड दिएका छन । नेवाःखल वडा नं ३ इकाई समितिले आयोजना गरेको प्रवेशिका परिक्षा उतीर्ण छात्र छात्राहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भण्डारीले शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले पहिलो प्रथामिकता दिएको चर्चा गर्दै सामुदायीक संस्थाहरुलाई राम्रा र सृजनात्मक कार्यक्रमहरु गर्न समेत आग्रह गर्नु भयो ।कार्यक्रममा बीरगंज उपमहानगरपालिका वडा नं ३ बाट २०७१ सालमा प्रवेशिका राम्रो अंक ल्याई उतीर्ण गरेका १५ जना छात्र छात्राहरुलाई सम्मान गरिएको थियो ।

उनीहरुलाई पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले सम्मान पत्र र उपाहार प्रदान गरेका थिए ।कार्यक्रममा नेवा खलका आजीवन सदस्य बनेका ४५ जनालाई पनि प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नेवा पूचका गजेन्द्रदेब ठक्कु, पृथ्वीराज भण्डारी ,अजुर्न श्रेष्ठ , नारायणी यातयात बस ब्यवसायी संघका अध्यक्ष बिनोद श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

सुमन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्याक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भण्डारी, नेपाल पत्रकार महासंघ पर्साका निर्वतमान अध्यक्ष के.सी.लामिछाने बिनोद श्रेष्ठ,संजय जोशी ,गजेन्द्र देव ठक्कुलगायतलाई नेवाःखलले सम्मान गरेको थियो ।