वीरगंज, ८ साउन । नेपाल सुनचादी ब्यवसायी संघ पर्साको अध्यक्षमा निरजकुमार सर्राफ पुन सर्वसम्मत निर्वािर्चत हुनु भएको छ । हिजो वीरगंजको गोपालमण्डलीमा सम्पन्न नेपाल सुनचादी व्यवसायी संघ पर्साको विषेश तथा दोश्रो सधारणसभाबाट निरजकुमार सर्राफ अध्यक्षलगायत कार्यसमिती सर्व सहमतिबाट चयन भएको हो । कार्यसमितिको उपाध्यक्ष रामनरेश सर्राफ, गणेश कुमार सर्राफ, महासचिव पर्वेज सर्राफ, सचिव अशोक सर्राफ, र कोषाध्यक्ष जयप्रकाश सर्राफ लगायत सर्वसम्मतबाट निवार्चित हुनु भएको हो । शाखा अध्यक्षमा निर्वाचित निरजकुमार सर्राफ संघको केन्द्रिय सदस्य पनि हुनुहुन्छ ।