महोत्तरी, ३१ साउन । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ स्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डले आफ्नै सहकर्मीलाई गोली हानी हत्या गरेका छन् । मोहत्तरीको गौशालास्थित नेपाल राष्ट्र बैंक लिमिटेडका सुरक्षा गार्ड अजय सिंहले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन् ।  सुन्दरपुर–९ बस्ने ४४ वर्षीय चौकीदार महेश्वर झाको गोली हानी हत्या भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मच्छेन्द्र केसीले बताउनुभयो । बैंकका सुरक्षामा खटिएका सर्लाही सुदामा–६ बस्ने ४५ वर्षीय अजय सिंहले आफूसँगै सुरक्षा दिइरहेका साथी झामाथि गोली प्रहार गरेको अभियोग लगाइएको छ ।मोहत्तरी प्रहरीका अनुसार गयराति दुई सुरक्षा गार्डबीच विवाद भएपछि गोली चलेको थियो । विवाद बढ्दै गएपछि अजयले आफ्नै सहकर्मी अर्का सरक्षा गार्ड महेश्वर सिंहलाई गोली हानी हत्या गरेका छन् । घटनापछि अभियुक्त सिंह फरार छन् । झाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लैजाने तयारी र अभियुक्तको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।