वीरगंज अषाढ ६

पर्साको पर्सागढी नगरपालीकाको सहयोग तथा वडा ४ को आयोजनामा आज जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडा अध्यक्ष सम्सुदीन साह देवानको अध्यक्षतामा आयोजित कार्यक्रममा १०५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी मेयर लोकनारायण यादव, वडा सदस्यहरू पुष्पा कुमारी,शेख फैयाज, चनरकली,राम प्रसाद पाठक, वडा सचिव हिरा अर्याल, इलाका प्रशासन सिमराका नायबसुबा साबिर अंसारी  ,बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष अच्छेलाल यादब लगाएतको उपस्थीतीरहेको थियो।