वीरगंज अषाढ ६

धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी र अध्ययनरत विद्यार्थीहरु आज सडक अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन् ।कर्मचारी र विद्यार्थीले जनकपुर ढल्केवर सडक खण्डमा टायर बाल्नुका साथै सडक नै अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका हुन् ।कर्मचारी र विद्यार्थीको आन्दोलनको कारण केही बेर सो क्षेत्र तनावग्रस्त बनेको थियो । सडकमा टायर बाली आन्दोलनमा उत्रेका कर्मचारी र विद्यार्थीहरुलाई प्रहरीले बल प्रयोग गरी हटाएको छ भने सो सडक खण्डमा यातायातका साधन सञ्चालन भएको छ ।कर्मचारी र विद्यार्थीले करिब एक घण्टा सडक अवरुद्ध पारेका थिए । जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत २ सय कर्मचारीहरुले १४ महिनाको तलव नपाएको भन्दै कर्मचारीहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका सचिव तिमिल्सिनाले जानकारी दिए ।