वीरगंज ५ भदौ ।नेपाल प्रेस युनियन पर्सा शाखाको यहि भदौ १० गते हुने भनिएको जिल्ला अधिवेशन अर्को निर्णय नहुन्जेल सम्मका लागि स्थगित भएको छ । युनियन पर्साको आज सम्पन्न बैठकले मुलुकमा उत्पन्न विषम राजनीतिक परिवेशको कारण अधिवेशन स्थगित गरीएको जनाएको छ ।

युनियनका पर्सा अध्यक्ष पुरुषोत्तम सिंह भट्टराईको सभापतित्वमा सम्पन्न बैठकमा युनियनका केन्द्रिय सदस्य एवम मधेश विभाग प्रमुख विजय कुशवाहा, संस्थापक केन्द्रिय सदस्य कन्हैया लाल केशरी, पूर्व केन्द्रिय सदस्यहरु अनिल तिवारी, अशोक तिवारी, युनियनका पार्षदहरु रितेश त्रिपाठी, रामनारायण कुर्मि, शीतल महतो, कृष्ण कुमार खनाल, शंकर खतिवडा लगायतको सहभागिता रहेको थियो ।