वीरगंज, ४ असार÷ नेपाल पत्रकार महासङघ, पर्सा शाखाले प्रहरीविरुद्ध आज पर्साको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ ।
पत्रकार महासङ्घ, पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई ज्ञापन बुझाउ“दै समाचार लेखेकै आधारमा पर्साका प्रहरीमध्ये खासगरी टाइगर मोबाइल टोलीले पत्रकारहरुसग दुव्र्यवहार गर्ने क्रम बढेको हुंदा निजहरुउपर कारबाईको माग गर्नुभयो । उहांले दोषी प्रहरीमाथि ५ दिन भित्र कारबाई नगरिए महासङ्घ चरणबद्ध आन्दोलनमा उत्रिने बताउनुभयो ।

बाइपास दैनिकका प्रकाशक धीरज दारुकामाथि टाइगर मोबाइल टोलीले समाचार लेखेकै कुरालाई आधार बनाएर सामान्य घटनामा रिसबी साध्ने काम गरेको भन्दै कारबाई गर्न मांग गर्नुभएको थियो ।

ज्ञापनपत्र बुझाउनुअगाडि शाखाका उपाध्यक्ष धु्रव साहले प्रहरी ज्यादतिविरुद्ध कारबाई गर्नुपर्ने माग गर्नुभयो । उहांले शृंखलाबद्ध रुपमा भएका घटनामा पत्रकार विरुद्ध दुव्र्यवहार गर्नेलाई कारबाई नभए महासंघ आन्दोलित हुने बताउनुभयो ।

ज्ञापन बुझ्दै प्रजिअ घिमिरेले लिखित ध्यानाकर्षण गराएकोमा धन्यवाद दिंदे घटना सम्बन्धमा आपूmले सत्यतथ्य बुझेर महासङ्घलाई जानकारी गराउने आश्वासन दिनुभएको थियो । यसैगरी महासङ्घले आजै नारायणी अञ्चल प्रहरी कार्यालय, वीरगंजका प्रमुख मनोज न्यौपानेलाई पनि ज्ञापनपत्र बुझाएको सचिव कृष्ण उदास खनालले जानकारी गराउनुभएको छ ।