बीरगंज, २३ असोज । संबिधानमा तराई—मधेश लगायतका भावनालाई नसमेटिएको भन्दै जारी अन्दोलन अव दुइ महिनामा प्रबेश गर्दैछ। यस क्रममा उठेका माग समयमै सम्बोधन गर्न सरकारले ढिलासुस्ती गर्दा यहांको जनजीवन थप कष्टप्रद बन्दै जान थालेको आभाष आम तहमा गर्न थालिएको छ । त्यसैले बार्ता र संवादको माध्यमले जारी जटिलता अन्त्य गर्न जेडदार माग गर्दछौं । यस क्रममा यहांका संचारकर्मीहरुले जारी मधेश आन्दोलनलाई प्रयाप्त मात्रामा आफ्नो तहबाट सक्नेजति समाचार संकलन र सम्प्रेषण गर्न कुनै कसर बा“की राखेका छैनन । तैपनि संचारकर्मी र संचार प्रतिष्ठान उपर नियमित रुपमा भएको आक्रमण र तोडफोड तथा ढुंगामुढा हुनु स्वतन्त्र प्रेस माथिको आक्रमण हो भन्ने ठहर नेपाल पत्रकार महासंघको छ ।
अत हिजोमात्र एभिन्युज टेलिभिजनका ब्युरो प्रमुख राजु श्रेष्ठ र समाचारदाता जियालाल साहलाई आदर्शनगरमा गरिएको आक्रमण आज बिहान एभिन्युज टेलिभिजन ब्युरो कार्यालयमा भएको ढुंगामुढाको घटनाले आन्दोलन अमर्यादिन बन्दै जान थालेका आभाष भएको छ । यस्ता घटनाले आन्दोलनका माग कमजोर पर्ने हुनाले आन्दोलनरत सबै पक्षलाई संयमता अपनाउन माग गर्दै घटनाप्रति घोर भत्सर्ना गर्दछौं । साथै राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकालाई निर्बाध रुपमा यहांसम्म ल्याउने बातावरण निर्माण गर्न माग गर्दै संचारकर्मीहरुलाई भयरहीत रुपम समाचार प्रकाशित, प्रशारित गर्ने वातावरण निर्माणको लागि सबैपक्षसंग जोडदार माग समेत गर्दछौं ।