वीरगंंज, चैत्र १६
नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा आज वीरगंजमा प्रभातफेरी रयाली निकालिएको छ । महासंघका पर्सा अध्यक्ष श्याम बन्जाराको नेतृत्वमा वीरगंजको घण्टाघरबाट निकालिएको रयाली नगरपरिक्रमा गरी पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष बन्जाराले महासंघको सदस्यता शुद्धिकरणलाई निरन्तरता दिने बताउनुभयो । पत्रकारीता पेशमा निष्कृयता रहेकाहरुको सदस्यता नविकरण नगरिने बताउनुभयो । कार्यक्रममा महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, सचिव युवराज खडका, पुर्व अध्यक्ष सत्रुघन नेपाल,पुर्व उपाध्यक्ष ध्रुव साह, पत्रकार महेशचन्द्र गौतम, महेश दास, सुरेश बिडारी, संजिव मिश्रा, समिना रंजितकार, राकेश साह , बिकी नेपाल,तिवारी यादव लगायतको सहभागिता रहेको थियो ।