वीरगंज / कार्तिक २५  नेपाल तरुण दल पर्साको जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति चयन गरेको छ । विरेन्द्र पटेलको अध्यक्षतामा सर्वसम्मतले निर्वाचित कार्यसमितिको उपाध्यक्षमा आनन्द कुमार चौधरी, सचिवमा विवेक कुमार चौरसिया, कोषाध्यक्षमा बालिष्टर साह कानु, केन्द्रिय पार्षदमा हुकुम सिंह, महिला पार्षदमा अनामिका कुमारी यादव, महिला महाधिवेशन प्रतिनिधिमा सबिता देवी सिंह, शोभा देवी, विजय सिंह, कालु सिंह, साविर अहमद ऐराज निर्वाचित भएका छन् । त्यसैगरी नगर अध्यक्षमा अजय कुमार गुप्ता, महाधिवेशन प्रतिनिधि राजेश जैन बोथरा, पोखरीया नगर अध्यक्षमा रामश्रे वैठा निर्वाचित भएका छन् । त्यसैगरी तरुण दल क्षेत्र नम्बर १ मा दशरथ पटेल, महाधिवेशन प्रतिनिधिमा रविन्द्र ठाकुर, क्षेत्र नम्बर २ को अध्यक्षमा अनिल यादव, महाधिवेशन प्रतिनिधिमा मनोज महतो, क्षेत्र नम्बर ३ को अध्यक्षमा सुरेन्द्र सिंह, महाधिवेशन प्रतिनिधिमा विवेक कुमार चौरसिया, त्यसैगरी क्षेत्र नम्बर ४ को अध्यक्षमा फणिन्द्र प्रसाद पटेल, महाधिवेशन प्रतिनिधिमा धर्मा साह र क्षेत्र नम्बर ५ को अध्यक्षमा अशोक पटेल र महाधिवेशन प्रतिनिधिमा सहरुम राउत गद्दी निर्वाचित भएको तरुण दलका केन्द्रिय प्रतिनिधि नवल किशोर यादवद्वारा आज जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।