वीरगंज, ६ साउन ÷ नेपाल टेलिकम वर्कस युनियनको २४ औं स्थापना दिवसको अवसरमा आज बीरगंजमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गर्नुभएको छ । नेपाल टेलिकम वर्कस युनियन क्षेत्रिय कार्यालयले नेपाल टेलिकम बीरगंज शाखा कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रमको वरिष्ठ अधिकृत रामबलि साहले रक्तदान गर्नुभएर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । नेपाल टेलिकम वर्कस युनियन क्षेत्रीय समितीका अध्यक्ष सुरेश रौनियारको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ओमप्रकाश पाल, रामकृष्ण मल्लिक, केशवलाल पटेल, रुपनारायण तिवारी, पन्नालाल साह, दिलिपनारायण चौधरी, सुनिल तिवारी, महेश महरा, रामबहादुर राउत, पुरन साहलगायतले रक्तदान गर्नुभएको रक्तसंचार केन्द्र बीरगंजका प्राविधिक धिरेन्द्र झाले बताउनुभयो ।