बीरगंज जेठ । महाभुकम्प पिडितहरुका लागि आज नेपाली कांग्रेस पर्साले रु. ८ लाख बराबरको राहत सामग्री नुवाकोट पठाएको  छ ।

 नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का सभासद राजेन्द्र बहादुर अमात्यको अगुवाईमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले संकलन गरेको रु. ८ लाख मुल्य बराबरको चामल, नुन, चिउरा, , त्रिपाल, चाउचाउ, बिस्कुट र पानी लगायतको राहत सामग्री आज नुवाकोट पठाइएको हो । ना २ ख ६१६७ नम्बरको ट्रकमा राहत सामग्री राखेर प्रभावित क्षेत्रमा पठाईएको नेपाली कांग्रेस पर्साका सभापति एवं पर्सा क्षेत्र नं. ४ का सभासद सुरेन्द्र प्रसाद चौधरीले बताउनु भयो ।

राहत सामग्री पठाउने क्रममा नेपाली कांग्रेस पर्साका सचिव अशोक जैसवाल, जिल्ला कार्यसमिति सदस्य दिना गुप्ता, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहा, नेपाली कांग्रेस पर्सा क्षेत्र न. २ का क्षेत्रिय सभापति विरेन्द्र पटेल, नेपाल ट्रेड युनियन कांग्रेस पर्साका पुर्व सभापति रामनारायण कुर्मी, नेपाल भारत मिडिया फोरमका केन्द्रिय अध्यक्ष श्रीराम रायमाझी, नेपाल विद्यार्थी संघ पर्साका अध्यक्ष संतोष गुप्ता, पुर्व अध्यक्ष शैलेन्द्र यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।