वीरगंज पुस १५ । नेपाली काँग्रेस पर्सा क्षेत्र नं. ३ ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अन्तरघात गरेका १३ जना नेताहरुलाई कारवाही गरेको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज पत्रकार सम्मेलन गरी पार्टीले निर्वाचनमा पार्टीलाई हराउने रामेश्वर प्रसाद रौनियार, शम्भु चौहान, असर्फी साह, मनोज यादव, बव्लु श्रीवास्तव, रामनेरश यादव , राजदेव प्रसाद यादव, भगवती प्रसाद चौधरी, दिनानाथ साह तेली, बिद्ययाकान्त पाण्डे, बाबुलाल मेहता, साबिर अंसारी र फजिल मियाँलाई १० बर्षको लागि साधारण सदस्य समेत नरहेने गरी कारवाही गरेको हो । पत्रकार सम्मेलन नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति सुरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा भएको थियो ।