वीरगंज २ असोज । भारतका प्रधानमन्त्रीको विशेषदूत एंस जयशंकरले नेपालको दुईदिने भ्रमण सकाएर आज भारत जानु अघि विज्ञप्ती मार्फत नेपालको संविधान निर्माणमा भारतले जोडदार समर्थन गरेका बताउनु भएको छ । वहाले जारी गर्नु भएको विज्ञप्तीमा आफुलाई नेपालका सम्माननीय राष्टपति श्री रामवरण यादवले स्वागत गर्नुको साथै सम्माननीय प्रधानमन्त्री श्री सुशील कोइराला लगायत एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष प्रचण्ड, काग्रेसका नेता शेरवहादुर देउवा, मधेशी दलका नेता लगायत नेपालका प्रमुख दलका राजनीतिज्ञहरुसँग भेटवार्ता गरेंको बताउनु भएको छ । विज्ञप्तीमा नेपालको संविधान निर्माणमा भारतले जोडदार समर्थन गरेको बताउदै भारत नेपालमा संविधान लेखन सम्पन्न गरिने अवसर उल्लासमय र सन्तोषजनक हुनुपर्छ भन्ने चाहना राखेको बताउनु भएको छ । विज्ञप्तीमा वहाले संविधान लेखन सम्पन्न गरिने अवसर उल्लासमय र सन्तोषजनक हुनुपर्छ न कि आन्दोलनपूर्ण र हिंशात्मक । नेपालका राजनीतिक नेताहरुले यो महत्वपूर्ण घडीमा आवश्यक लचकता र परिपक्वता अपनाइ सर्वस्वीकार्य, स्थायी र भरपर्दाे संविधान जारी गर्न सक्षम हुनेछन भन्ने कुरामा आफु आशावादी रहेको पनि उल्लेख गर्नु भएको छ ।