वीरगंज २२ साउन । राष्ट्रिय जनता पार्टी नेपाल आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी जनाउने वा नजनाउनेबारे निर्णय गर्न सकेको छैन । चार दिनदेखि चलेको बैठकमा यसै विषयमा छलफल भएपनि हिजोसम्म टुंगो लागेको छैन । आजदेखि शुरु हुने केन्द्रीय समितिको बैठकबाट भने टुङ्गो लाग्ने नेताहरुले बताएका छन् । यसअघि हिजोसम्मको बैठकमा निर्वाचनमा सहभागितासँगै, पार्टीको विधान, राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।