वीरगंज, ३१ असार ÷ पर्साको निर्मलवस्ती गाविसलाई आज पूर्ण साक्षर गाविस घोषणा गरिएको छ । पर्सामा ६६ गाविस र बीरगंज उपमहानगरपालिका तथा पोखरिया नगरपालिका रहेकोमा आज निर्मलवस्ती गाविसलाई जिल्लाको पहिला साक्षर गाविस घोषणा गरिएको होे । जिल्ला शिक्षा कार्यालय पर्साले ११ हजार जनसंख्या रहेको निर्मलवस्ती गाविसमा ९५ प्रतिशत साक्षर भएको अनुगमनबाट प्रमाणित भएको आधारमा आज सो गाविसलाई साक्षर घोषणा गरिएको जनाएको छ । आज दिउंसो निर्मलवस्तीमा भव्य कार्यक्रमको आयोजना गरी साक्षर गाविस घोषणा गरिएको छ । घोषणा कार्यक्रममा स्थानियवासिन्दा, विद्यार्थी, शिक्षक सम्मिलित ¥यालीले गाविस परिक्रमा गरेको थियो ।