वीरगंज, जेठ १९ ÷  वीरगंज उपमहानरपालिका वडा नं. २९ सुगौली विर्तामा अपाङ्ग सेवा समितिद्वारा संचालित साक्षर कार्यक्रम अन्तरगत ५४ वटा कक्षा मध्ये ४ वटा मात्र भेटिएको निरिक्षकहरुले बताएका छन् ।

कक्षा निरिक्षकका लागि खटिनु भएका हरिओम पटेल, अरविन्द ठाकुर, राजेश प्रसाद, सुजित पटेल र जियालाल पण्डितको टोलीलाई नेपाल राष्ट्रिय प्राथमिक विद्यालयले साक्षरता कक्षा निरिक्षकको रुपमा नियुक्ती गरेको र सो टोलीले निरिक्षणको क्रममा४ वटा मात्रै कक्षा भेटिएको र अन्य गायव रहेको पाएको निरिक्षक हरिओम पटेलले बताउनु भयो ।

सुगौली विर्तामा अपाङ्ग सेवा समितिद्वारा संचालित साक्षरता कार्यक्रम अन्तरगत खटिएका निरिक्षकहरुलाई ५० वटा कक्षाका बारेमा जानकारी गराउन नसकिएको बताइएको छ ।  ५० वटा कक्षाको तथ्यांक अपाङ्ग सेवा समितिले नदिएपछि निरिक्षकहरुले जिल्ला शिक्षा कार्यालय पर्सामा यसबारेमा उजुरी गरेका छन् ।