बीरगंज, ११ असार÷ बीरगंज उपमहानगरपालिका–१ शान्तिटोल छपकैयाका बासीन्दाहरुले सार्वजनिक नाला थुनिएर स्थानियवासीलाई परेको समस्याप्रति उपमहानगरपालिका उदासिन भएको आरोप लगाएका छन । उक्त टोलमा रहेको कच्चि सार्वजनिक नाला स्थानिय विजय महतो केवट र बाबुनन्द साह सोनारले थुनेको कारण पानीको बहाव रोकिएको विरुद्धमा टोलबासीहरुले उपमहानगरपालिकामा बारम्बार ध्यानाकर्षण गराउदा पनि कुनै सुनवाई नभएको बताए ।

टोलावासीहरुले केवट र सोनारले आफनो जग्गा अगाडीबाट सार्वजनिक नाला थुनेको कारण वर्षायाममा आफनो घरहरु डुबानमा पर्दै आएको बताए । स्थानिय शेख कलामले बीउमनपाकाका कर्मचारीहरु विगत १० वर्षदेखी आउने घटनास्थलको अवलोकन गर्ने अनि समस्याको समाधान भोलि हुन्छ भनि जाने गरेको तर समस्या ज्युका त्यु रहेको बताए । उनले समान्य पानीको बेला पनि नालाको बहाव रोकिएको कारण शान्तिटोलका मानिसहरु डुबानमा पर्दै आएको बताएका छन ।