बिरगंज जेष्ठ २०

वीरगंजमा गएराती एउटा स्टेशनरी पसलमा चोरी भएको छ ।  वीरगंज ११, श्रीपुर स्थित नेशल ट्रेडिङ देखि रानीघाट जाने बाटो मा रहेको करण एण्ड ब्रोदर स्टेशनरी चोरी भएको हो । पसलकोे ताल्चा फुटाई नगद २५ हजार सहित एल.सि.डि मनिटर चोरी भएको संचालक महेशलाल कर्णले जानकारी दिनुभयो । घटना स्थल पुगेको वडा प्रहरी कार्यालय श्रीपुरका असई प्रमोद साहले चोरी बारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।