वीरगंज मंसिर ३ नारायणी यातायात बस व्यवसायी संघ, वीरगंजको ९ औं साधारणसभाले विनोद श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नया“ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संघको नवनिर्मित भवनमा आयोजित साधारणसभाले श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष सुमन श्रेष्ठ, सचिव भुपेन्द्र साह, सहसचिव रोशन झा र कोषाध्यक्ष शम्भु गुप्तासमेत सदस्यहरु चयन गरेको छ । यसअघि साधारण सभाको मधेसी जन अधिकार फोरम (लोकतान्त्रीक) पर्साका अध्यक्ष शशिकपूर मिया“ले उद्घाटन गर्नुभएको थियो । वहा“ले विभाजित भएर बस व्यवसायीहरू कमजोर भएको भन्दै अन्यत्र भन्दा बढी व्यवसायीहरू भएको वीरगंजमा एकताबद्ध रुपमा व्यासायीक हितको विषयमा अगाडी बढन सुझाव दिनुभएको थियो । केही स्वार्थी व्यवसायीहरूको कारण विभाजन भएकोमा दुःख व्यक्त गर्दै नेता मिया“ले सबै व्यवसायीहरूलाई एक भएर अगाडि बढी संस्थाको हित गर्न आग्रह गर्नुभएको थियो । संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभा उदघाटन सत्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालले पठाएको मन्तव्य पढेर सुनाइएको थियो । यसैगरी उद्घाटन सत्रमा एमालेका पूर्व केन्द्रीय सदस्य अच्युत मैनाली, नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष केसी लामिछाने, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम मधेश विभाग प्रमुख विजय कुशवाहा, लोमस पर्साका अध्यक्ष सुन्दर कुर्मी, नेपाल तरूण दल पर्साका अध्यक्ष वीरेन्द्र पटेल, ओमनी इन्टरनेशनलका इन्दुकान्त दास, एरो इन्टरनेशनलका प्रेम कुमार लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष सुमन श्रेष्ठले स्वागत र पत्रकार जीयालाल साहले सहजीकरण गर्नुभएको थियो ।