बिरगंज जेष्ठ २३

पर्सागढी नगरपालिकाको सहयोगमा आज वडा नं. ९मा झुल कम्बल र दोसल्ला बितरण गरिएको छ । वडा अध्यक्ष रामनारायण प्रसाद गौरोको अध्यक्षतामा आयोजित कार्यक्रममा  चार जना अपाङ्गलाई कम्बल,बिस जना दलितलाई झुल र दोसल्ला बितरण गरिएको छ । कार्यक्रममा वडा सचिव रीमा चौधरी  , अस्थाई प्रहरी चौकी मनवा बजार असई तारा बहादुर पाण्डे लगायतके सहभागिता रहेको थियो  ।