होटल कामदारलाई शीपमुलक तालिम
वीरगंज, ३० जेठ ÷ वीरगंजका होटलमा कार्यरत मजदुरहरुको शीपविकासका लागि आजदेखी सातदिने तालिम शुरु भएको छ । स्थानिय होटल कुमुमा श्रम तथा रोजगार मन्त्रालय, व्यावसाय तथा शीप विकास तालिम केन्द्र हेटौडाको आर्थिक सहयोगमा क्रियटिभ स्कील्स प्रालिले आयोजना गरेको सातदिने तालिमको होटल कुमुका संचालक रचेन्द्र थापाले उदघाटन गरेका थिए ।

             मन्टु साहको अध्यक्षतामा भएको उदघाटन समारोहमा दिलिपराज कार्की, रचेन्द्र थापालगायतले मनतव्य व्यक्त गरेका थिए । तालिममा होटलमा कार्यरत कामदारहरुका लागि उपयोगि हुने शीपका बारेमा जानकारी गराएर अझ बढी दक्ष बनाइने उद्देश्य रहेको आयोजक संस्थाले बताएको छ । सहभागीहरुलाई कुमार कट्टेलले प्रशिक्षण दिइरहेको बताइएको छ ।