बीरगंज, २० असोज । जारी मधेस आन्दोलनको ५३ दिन तथा नाकाबन्दीको १३औं दिन आज पनि नेपाल–भारतको रक्सौल–वीरगंज मितेरीपुलमा नाकाबन्दी धर्नाले निरन्तरता पाएको छ । धर्नास्थल मितेरी पुलमा आज निक्कै भिडाभाड रहयो । बारा, पर्साका विभिन्न गाविसहरूबाट ¥यालीसहित राहत खाद्यान्न सामग्री लिएर ठुलो संख्यामा जनसमुदाय पुगेका थिए । यस क्रममा ई–रिक्शा सङ्घ, टेम्पो सङ्घले धर्नास्थलमा राहत सामग्री वितरण गरेको थियो । त्यसैगरी औषधि खुद्रा व्यापारी सङ्घको अगुवाइमा मोटरसाइकल ¥याली निकाली नगर परिक्रमापछि मितेरीपुलमा पुगी ऐक्यबद्धता जनाएका थिए । झौवागुठी, मूडली, बाराको लिपनीमाल, मुसहरी टोल, वीरगंज पिपराबाट बाजागाजा सहित निश्किएको जुलुस नगर परिक्रममा गर्दै धर्नास्थल मितेरी पुलमा पुगेर ऐक्यबद्धता जनाएको थियो ।