वीरगंज, १ कात्तिक ÷ मधेशमा जारी आन्दोलनको आज ६५ औ दिन र नाकाबन्दीको २५ औं दिनपनि मुलुकको प्रमुख नाका बीरगंज–रक्सौलको मितेरी पुलमा मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन तथा धर्ना जारी राखेका छन् । मुलुकको पूर्वी र पश्चिमी नाका सञ्चालनमा आएपनि नेपालकै मुख्य वीरगन्ज नाका भने अझ ठप्पै छ । मुलुकको कुल आयातको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने वीरगज नाका ठप्प रहेका कारण देशैभर इन्धन, औषधि लगायत अतिआवश्यक वस्तुको हाहाकार मच्चिएको छ । खाद्यन्न वस्तुको अभाव हुनुका साथै पेट्रोलिय पदार्थमा समेत समस्या देखा परेको छ । बन्दीका कारण दैनिक उपभोग्य समाग्रीको मुल्य आकाशिएको छ । पेट्रोलिय पदार्थको अभाव हुन थालेपछि यहाको अस्पताल, एम्बुलेन्स र संचारक्ष्ँेत्रपनि प्रभावित हुदै गएको छ ।