वीरगंज २९ भदौ । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा नौ जनाविरुद्ध १९ करोड रुपैयाँको मुद्दा दायर गरेको छ । विभागले दुई दिनअघि नक्कली भ्याट बिल कारोबारीविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । नक्कली भ्याट बिल प्रकरणमा दायर गरिएको यो झण्डै एक दशकपछिको ठूलो मुद्दा हो । विभागले झण्डै तीन महिना लामो अनुुसन्धानपछि मुद्दा दर्ता गरेको हो । वीरगञ्जका कालिका ट्रेड एन्ड एप्लायर्स आदित्य ट्रेड एन्ड सप्लायर्स र विश्वकर्मा ट्रेड कन्सर्न मार्फत् सामान खरिद गरिएको भुटो भ्याट बिल पेस गरेको विभागको ठहर छ । त्यसबाट सरकारसँग भ्याट ‘क्रेडिट’ दाबी गर्ने तथा विभिन्न र्फमलाई नक्कली भ्याट बिक्री विजक जारी गर्ने काममा संलग्न उनीहरु विरुद्ध विभागले मुद्दा दायर गरेको हो ।