वीरगंज, १२ साउन । नक्कली छोरा बनाएर नेपाली नागरिकता दिलाउन खोज्ने बाबु र नक्कली पिताको आधारमा नेपाली नागरिकता लिन खोज्ने छोरालाई प्रहरीले कार्यवाही शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा जगरनाथपुर गाउपालिका–१ का बृजकिशोर साह गोल्दार बुबा बनेर र अनिल साह गोल्दारलाई छोरा बनाएर नेपाली नागरिकता दिलाउन खोज्दा पक्राउ परेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले बताउनुभयो । वडा नम्बर १ का सचिव ओम कठायतको उजुरीको आधारमा नक्कली बाबु छोरा बनेका दुबैजनालाई पक्राउ गरिएको वहाले बताउनुभयो । दवाबमा सिफारिस गरेका सचिव कठायतले लिखित रुपमा सुचित गरेपछि छानबिन गरिएको र नक्कली बाबु छोरा गोल्दारद्धयले पनि कसुर स्वीकारेको बताउनुभयो ।