वीरगंज, १४ साउन । बाबा जयगुरुदेव संगत पर्साले आज दोश्रो शनिवार पनि वीरगंजको घण्टाघरमा शाकाहारी शपथ ग्रहण कार्यक्रम संचालन गरेको छ । बिहान १० बजेदेखि शपथ ग्रहण कार्यक्रम संचालन गरेको बाबा जयगुरुदेव संगत पर्साका अध्यक्ष बिजय पटेलले जानकारी दिनुभयो । गएको शनिवारदेखी संचालन गरिएको शाकाहारी शपथ ग्रहण कार्यक्रममा शपथ लिनेहरुको संख्या अहिलेसम्म एकदर्जन पुगिसकेको छ । गत शनिवार ६० जनाले सो शपथ खाएका थिए । शाकाहारी भएपछि मानिसमा क्रोध, रोगमा कमि आउने र विकृति, विसंगतीहरु प्नि पर हटने हुनाले अभियान संचालन गरिएको बताइएको छ । शपथ ग्रहण अभियानमा जयगुरुदेव संगतका उपाध्यक्ष भिखारी प्रसाद रौनियार, कोषाध्यक्ष जितेन्द्रप्रसाद यादव, छात्र अध्यक्ष नबिन यादव, प्रभु हजरा, बिजय महतो, हृदेयनारायण पटेल, प्रदिप यादवलगायतको उपस्थिती छ ।