वीरगंज अषाढ ५

कोसी राजमार्गअन्तर्गत् धनकुटाको भेडेटार–६ स्थित भोजपुरे(गोलाइमा आज एक यात्रीबाहक बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् ।रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ कृषि भ्रमणको टोली लिएर जाँदै गरेको ना५ख ३३२८ नम्बरको बस ब्रेकफेल भइ दुर्घटना भएको जनाइएको छ ।घाइतेहरुमध्ये चारजना गम्भीर रहेको भेडेटार प्रहरीचौकीका इन्चार्ज म्यामबहादुर बस्नेतले जानकारी दिए ।बस सडकदेखि करिब १०० मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।सबै घाइते यात्रीहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।