काठमाडौँ ,१९ असोज । तराईमा कार्यरत प्रहरीहरुलाई खाना खाने फुर्सद समेत छैन । करिब दुई महिनादेखि उनीहरु १४ घन्टे ड्युटीमा खटिँदै आएका छन् । तर, उपत्यकामा कार्यरत केही प्रहरी अधिकारीहरुको भने गफ गरेर दिन बित्ने गरेको छ । प्रहरीमा कामभन्दा धेरै गफ हुने एउटा कार्यालय हो, महानगरीय प्रहरी कार्यालय । जहाँ अधिकांश सिनियर प्रहरीहरुको कुनै काम छैन । त्यही कार्यरत दुई सिनियर प्रहरीले हालै संगठनकै शीर झुकाउने काम गरेका छन् ।

रानीपोखरीमा कार्यरत दुई एसएसपीको झगडाले प्रहरी संगठनमा यतिबेला निकै चर्चा कमाएको छ । एसपी रविन्द्र धानुक र उमाशंकर प्रञ्जियारबीच झगडा भएको थियो । घटनाको एआइजी विज्ञानराज शर्माले छानबिन थालेका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।