वीरगज ,३० असार ः÷ संबिधान निर्माणका जिल्लामा आउने सभासदहरुको सुरक्षा र त्यसको तयारीका सम्बन्धमा आवश्यक जानकारी लिने उद्देश्यले सुरक्षा निकायका तीनवटै प्रमुखहरु र गृह सचिव सुर्य सिलवालले हिजो र आज सर्लाही, धनुषा, महोत्तरी, सिरहा, सप्तरी बारा, रौतहट र पर्सा जिल्लाहरुको स्थलगत अनुगमन भएको छ ।

             तराईका ८ जिल्लाहरुमा मधेशवादी दलहरुले संविधानको मस्यौदा च्यात्ने तथा जलाउने कार्य गरेपछि उच्च सुरक्षा सतर्कता अपनाएको सुरक्षा प्रमुखहरुले मातहतका जिल्ला, क्षेत्रका प्रमुखहरुलाई भेला गरी जिल्लाको अवस्था बुझेका थिए । हिजो होटल भीस्वामा बास बसेका गृहसचिव सिलवालसहितको सुरक्षा प्रमुखहरुले आज जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्लाको सुरक्षा अवस्थाको बारेमा जानकारी लिनु भएको थियो । गृह सचिव सुर्य सिलवालको नेतृत्वमा आउनु भएको प्रहर महानिरिक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरिक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान प्रमुख दिलिप रेग्मीले जिल्लाको शान्ति सुरक्षाका साथै आगामी दिनमा गाउ गाउंमा संविधानको मस्यौदा माथिको राय संकलनका लागि खटिने सभासद, स्थानिय वासिन्दाहरुको सुरक्षाका बारेमा उच्च सतर्कता अपनाउन जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको श्रोतले जानकारी गराएको छ ।

          उच्च सुरक्षा समितीको बैठकमा प्रजिअ केशवराज घिमिरे, वरिष्ठ प्रहरी उपरिक्षक मनोज न्यौपाने, प्रहरी उपरीक्षक दीवेस लोहनी, सप्रउ भीमबहादुर थापा, अनुसंघानका उपनिर्देशक र सशस्त्रका पथलैया रुद्र बाहिनीका बाहिनीपति र मध्यक्षेत्र हेटौडाका डिआइजीसमेतको उपस्थिती थियो । तीनवटै सुरक्षाका प्रमुखहरु आजै बीरगंजबाट राजधानी प्रस्थान गर्नुभएको छ ।