बिरगंज जेष्ठ २०

फुटबलको महाकुम्भ २१औं संस्करणको विश्कप फुटबल आगामी जेठ ३१ देखि रसियाका विभिन्न सहरहरूमा हुँदैछ। जेठ ३१ देखि असार ३० सम्म एक महिनासम्म चल्ने विश्वकपले सबैको ध्यान तानेको छ ।३२ राष्ट्रलाई ८ समूहमा बिभाजन गरेर खेल खेलाइने छ।जसमा युरोपबाट रूस (आयोजक), बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रले सहभागी छन्।यस्तै एसियाबाट ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रले भाग लिँदैछन्।अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्कोले खेल्नेछन् भने उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेका छन्।दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जे्न्टिना, कोलोम्बो र पेरू गरि ५ राष्ट्रहरूले भाग लिनेछन्।