वीरगंज, ०१ जेष्ठ

        गत महिनाको १२ गते आएको बिनाशकारी महाभुकम्पका कारण अवैध कारोबार गर्नेहरुको व्यवसाय फस्ताएको समाचार प्राप्त हुन आएको उनीहरुले भारतको विभिन्न शहरबाट ल्याउने सामान लोड गरिएको ट्रकमा राहत समाग्री भन्ने ब्यानर लगाउने सो समाग्री प्रभावित क्षेत्रमा पु¥याउन प्रशासनले सहजै अनुमति दिने सरकारी नीतिको दुरुपयोग गर्दै तस्करी कार्य संचालन गरि रहेको बताइन्छ  

अवैध कारोबारमा संलग्नहरुले राहत समाग्री लोड गरिएको ट्रकमा निकै  महंगामहंगा सामान ल्याउनुका साथै भन्सार समेत छुट हुने हुनाले इतिहासमै   खरिद नगरिएको समाग्री किनेर वीरगंज ल्याई भण्डारण गर्नुको अतिरिक्त नेपालका विभिन्न भागमा पठाउने गरेको समाचार

अहिले राजधानीका विभिन्न स्थानहरुमा राहतको निम्ति मगाईएको त्रिपालहरु जफत भई रहेका छन् भने खाद्यान्न समाग्री समेत गोदाममा लोड गर्दा गर्दै पक्राउ परिरहेको कुराले पनि निर्वाधरुपमा तस्करी फस्टाई रहेको अनुभुति भएको

स्थानीय प्रहरी प्रशासनले यसमा गम्भिरताका साथ नलिने हो भने आउदा दिनमा ती ट्रकहरुमा अन्य प्रतिबन्धित प्रकृतिका समाग्रीहरु समेत लोड गर्ने अवैध कारोबार गर्नेहरु मालामाल बन्ने सरकारी राजस्व घट्ने स्पष्ट भएको यसलाई समय छदै अनुगमन निगरानीको निमित  प्रभावकारी योजना बनाईएन भने निकै ठुलो नोक्सानी मुलुकले व्यहोर्नुपर्ने स्पष्ट भएको