वीरगंज,मंसिर २८
म्यादि प्रहरीले आज जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि मेनरोडमा बिरोध प्रर्दशन गरेका छन । ५५ दिन काम गरेवापत पाउनुपर्ने ६४ हजार मध्ये ४८ हजार मात्र दिएको भन्दै म्यादि प्रहरीले बाटो जाम गरी बिरोध प्रर्दशन गरेका हुन । पोशाक र पाउनुपर्ने तलबमा भ्रष्टाचारी गरेको आरोप लगाउदै म्यादि प्रहरीले नेपाल प्रहरीको बिरोधमा नारा लगाउदै वीरगंजमा प्रर्दशन गरेको थिए ।