वीरगंज, १५ जेठ÷ गणतन्त्र दिवसको अवसरमा आज कलैयामा तरुण दलले आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिलासहित ५६ जनाले रक्तदान गरेका छन । सभासद फर्मुल्लाह मंसुरले रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

तरुणदल बाराका अध्यक्ष लुकेस सिंहको अध्यक्षतामा सम्पन्न रक्तदानमा सुमित्रा देवी, सीता खत्रि, लक्ष्मी चौधरी, राजकुमार बर्मा, गोबिन्द केसरी, संदीप बरई, ललन साहलगायतले रक्तदान गरेका थिए । कार्यक्रममा एमालेका पुर्व केन्द्रिय सदस्य अच्युत मैनाली, कलैया अस्पताल विकास समितीका अध्यक्ष छठु यादव, नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरी, रेडक्रस बाराका दीव्यनाथ श्रेष्ठलगायतको सहभागिता थियो । रक्तसंचार केन्द्र वीरगंजका प्राविधिक धिरेन्द्र झा, ब्लड डोनर्स एशोसियसन पर्साका महासचिव अरबिन्द सिंहलगायतले सहयोग पु¥याएका थिए ।