वीरगंज, २१ भदौ । डोक्लाम विवादपछि पहिलोपटक चिनियाँ राष्ट्रपति शी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ब्रिक्स सम्मेलनको क्रममा उनीहरुबीच भेटवार्ता भएको हो ।भारतीय विदेश मन्त्रालयका अनुसार उनीहरुबीच करिब एक घण्टा भेटवार्ता भएको छ । सो भेटमा शी जिनपिङ र नरेन्द्र मोदी दुबै सीमा क्षेत्रमा शान्ति कायम राख्न र मिलेर अघि बढ्न सहमत भएका छन् ।वहाँहरुबीच ब्रिक्स सम्मेलनका मुद्दाबारे पनि छलफल भएको थियो । ब्रिक्सलाई अझै सान्दर्भिक बनाउने र दुबै देशबीचको सम्बन्ध स्थीर र सौहाद्र बनाउने सहमति भएको छ ।मोदीले चिनियाँ राष्ट्रपति शीलाई ब्रिक्स सम्मेलनको सफल आयोजनाका लागि बधाइ समेत दिएका थिए ।चीनको शियानमेनमा आयोजित तीन दिने ब्रिक्स शिखर सम्मेलनको आज अन्तिम दिन हो ।