२९ जेठ, काठमाण्डाै /ग्याजेट अपडेट । ल्यापटप तथा ट्याबलेट उत्पादक Dell ले दावी गरे अनुसार संसारकै अहिले सम्मको सबैभन्दा पातलो ट्याब Dell Venue-8 (Series 7000) अाज सार्वजनिक गरेको छ, जून केवल ६ मिलिमिटर मोटाइको साथै अत्यन्तै हलुका छ । यसको अावरण अाल्यूमिनियमले बनेको तयार पारीएको छ ।

सजिलो, हल्का र प्राविधिक नयाँपनको होडबाजीको बजारमा Dell ले सार्वजनिक गरेको यो ट्याबले अन्य प्रतिद्वन्दि उत्पादकलार्इ लोभलाग्दो चुनेोति थपिदिएको छ । भारतीय बजारमा यसको प्रारम्भिक मूल्य ३५ हजार कायम गरीएको यो ट्याबलार्इ Android ko Lolipop 5.5 को अपरेटिंग सिस्टम छ भने Intel Atom Z3580 को क्वाड कोर प्रोसेसरले सुन्दर र छरीतो सञ्चालन सुविधा सहितको शक्ति सहितको छ । जुन 2.3 gHz को गतिले काम गर्नेछ ।