वीरगंज, चैत्र, ८

डिवाससीसी पर्साले पोखरीया नगरपालिका बिन्दवासनी ,छिपहरमाई धोवनी गाँउपालिकामा अनुगमन गरेको छ । खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नको लागि पर्सा जिल्लामा पछाडी परेका वडाहरुलाई खुला दिशामुक्त क्षेत्र घोषण गर्नको लागि जनप्रतिनिधि र कार्यालय प्रमुख बिच छलफल गरेको थियो । अनुगमनको क्रममा छिटोभन्दा छिटो खुला दिशामुक्त क्षेत्र घोषणा गर्न सुझाव दिएका थिए । अनुगमन टोलीमा जिल्ला समन्वय समिती पर्साका सभापति नेकमहम्द अंसारी, खानेपानी तथा सरसफाई डिभिजन कार्र्यालय पर्साका प्रमुख धमेन्द्र केसरी, युनहेभिट्यासका पर्सा संयोजक सरोज चौरसिया, खानेपानीका उपेन्द्र ठाकुर,जिल्ला समन्य समितीका सदस्य रिजानुलहक, नेपाल पत्रकार महासंघ पर्साका सदस्य संजिव मिश्रा लगायतको उपस्तिथी रहेको थियो । अनुगमनको क्रममा पोखरीया नगरपालिकाका प्रमुख दिपनारायणा रौनियार ,उपप्रमुख सलमा खातुन,,धोवनी गाँउपालिकाका प्रमुख सुरेश प्रसाद कुर्मी,कार्यकारी अधिकृत सरोज कुमार चौधरी, , बिन्दवासनी गाँउपालिका वडा नं. २ का वडा अध्यक्ष संजय चौहान लगायत संग बिशेष छलफल गरेको थियो ।