वीरगंज २२ असार ÷ साताव्यापी डिजिटल ईन्डिया कार्यक्रम अन्र्तगत बीरगंजस्थित भारतीय महावाणिज्यदुतावासले आज होटल भिस्वामा अन्रकृया सम्पन्न गरेको छ ।

                अन्तरकृयामा बोल्द महावाणिज्यदुत अन्जु रन्जनले ईन्टरनेटको माध्यमबाट पुरै बिश्व एउटा परिवार सरह बनेको बताउनु भयो । बहाले इन्टरनेटको कारण घरमै बसी देश दुनियाँको सवै खबरहरु हेर्न बुझन सकिने भएकोले आजको युगमा यसको महत्व बढेको चर्चा गर्नुभयो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले डिजिटल प्रबिधिको नेपालमा बिकास भईरहेको बताउनु भयो । वहाले यस्को लागि छिमेकी भारत र चिनबाट सहकार्यको आवश्यकता रहेको पनि बताउनुभयो । नेपालको सरकारी कार्यलयमा डिजिटलले बामे सरिरहेको बेला नीजी क्षेत्रमा भने इन्टरनेट सेवा दुर्त गतीमा बिकास भइरहेको बताउनुभयो । वािणज्यदुत राजेश कुमारले सहजीकरण गरेको कार्यक्रममा वाणिज्य दूत एम.एम अख्तरले स्वागत गरेका थिए । लायन्सका अन्र्तराष्ट्रिय डाईरेक्टर इन्जिनियर संजय खेतानले डिजिटल प्रबिधीबाट सुचना चाँडै पाउने हुनाले यो प्रबिधी अपनाउन सुझाव दिनुभयो । डिजिटल प्रबिधीको बिकासको लागि लायन्स क्लबले देश तथा बिदेशमा निर्वाह गर्नुपर्ने भुमिकामा पछाडि न हटने वहाले सो अवसरमा प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

               अन्र्त्क्रियामा वीरगंज ईन्स्च्यिुट अफ टेक्नोलोजीका बिजय कुशवाहा र निरज श्रीवास्तव, आईसीआई बैंकका म्यानेजर नितीराज वर्मा, अस्क फाउण्डेसनका अभिनास झा, आईसीटी एसोशियसन अफ नेपालकासोभन सैन्जु, माईक्रोस्फट नेपालका एलेन तुलाधर, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियालगायतकाले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा वीरगंजका आईटीसंग आवद्ध बिद्यार्थी, शिक्षक ,टेक्नेसियनहरुलाई आईटी र डिजिटल ईन्डियाकोे बारेमा जानकारी पनि गराईएको थियो ।