वीरगंज पुस १५ । “विश्व तन्त्र सम्मेलन २०१८” यहि पुस १७ गते देखि श्रीलंकाको नुवारा ईलियामा हुने भएको छ । ३ दिन सम्म चल्ने सो सम्मेलनमा ५६ राष्ट्रका करिव १०० जनाले तन्त्र बिशेषज्ञहरुको सहभागि हुने आयोजकले जनाएको छ । सो सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै अन्र्तराष्ट्रिय ज्योतिष महासंघ एवं अनुसन्धान केन्द्रका केन्द्रिय महासचिव एवं नेपाल निर्देशक डा .आर्चाय ऋषर्भ रेशुले सहभागिता जनाउने हुनुभएको छ । सोही सम्मेलनबाट डा. रेशुलाई “तन्त्र ज्योतिष शिरोमणी २०१८”ले सम्मानित गरिने कार्यक्रम रहेको श्रीपंच दशनाम जुना अखाडाले जनाएको छ । डा. रेश यस अघि अमेरिकामा आयोजित अन्र्तराष्ट्रिय ज्योतिष सम्मेलनमा अन्तराष्ट्रिय स्तरको सम्मानले समानित भइसक्नुभएको छ ।