वीरगज १६ साउन । नारायणी उपक्षेत्रिय अस्पतालको प्रसुती गृहमा रहेको गाइनो वार्डमा कार्यरत महिला चिकित्सक चादनी पाण्डेमाथि हातपात गर्ने अख्तर हवारी र निरंजन पटेलमाथि सार्वजनिक अपराधको मुद्दा दायर भएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक अनिस कर्णले बताउनु भएको छ । वीरगंज महानगर–१६ नगवा बस्ने महिला अको बच्चा मरेको जन्मेपछि डाक्टर पाण्डेको कारण बालकको गर्भमा मृत्यु भएको भन्दैै अख्तर हवारी र निरंजन पटेलले डा. पाण्डेलाई प्रसुति गृहको वार्डमा हातपात गरेका थिए । शायरा खातुन प्रसुतिका लागि अस्पताल शनिवार राती अस्पतालमा पुग्दा बेथा नलागेको भनि डा. पाण्डेले घर जान सल्लाह दिएकी थिइन । तर अस्पतालबाट घर फर्केकी शायराको घरमा सामान्य डेलिभरी भएको र बच्चा भने मृत निस्केपछि हिजो हवारी र पटेलले डाक्टरमाथि हातपात गरेका थिए ।