बीरगंज ६ मंसीर ÷ आज पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर १ को वडा नम्बर १६ नगवामा बाम गठबन्धनको संयुक्त वडा स्तरिय प्रचार प्रसार कार्यालयको उद्घाटन भएको छ । उक्त कार्यालयको उद्घाटन समारोहलाई सम्बोध गर्नुहुँदे एमालेका नेता बालगोपाल थापाले देश र जनताको हितको पक्षमा काम गरिरहेको बाम गठबन्धनका उम्मेदवारहरुले यो निर्बाचनमा परिजित भएपनी जनताले दुःख पाउने र झन ठूलो समस्याका पर्ने भएकोले कुनै पनि हालतमा यस पटक जित्ुनपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममो प्रदेश सभा सदस्यका उम्मेदवार शम्भु गुप्ताले हरेक आन्दोलनको क्रममा रगत बगाएका बीरगंजलाई उपेक्षा गरि जनकपुर राजधानी बनाउन लाग्दा समेत मधेशी जनताको हित गर्छु भन्ने मधेशवादी राजनीतिक दलहरुले बिरोध नगरेको धारणा राख्नुभयो । उहाँले पूँजीपति र ठेकदार एवँ दलालहरुको बिरुद्धमा बाम गठबन्धनले उम्मेदवार दिएकाले अव देश हित र जनताको स्वभिमानका लागि आफुहरुले जित्न आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, बिकास निर्माण र समाजिक सुधारको पक्षमा अनवरत लागिरहने बिचारी यादब सहितको सबै बाम गठनबन्धनको टिम पर्सा एकबाट निर्बाचित भएमा प्रदेशको राजधानी बीरगजलाई नै बनाएर देखाउने धारणा समेत राख्नुभयो । कोही पूँजीपति छन, कोही ठेकदार छन छ कोही आफु लडेको निर्बाचनमा आफुलाई समेत मत हाल्ने अधिकार नभएका टुुरिष्ठ उम्मेदवारहरु आफुसाग प्रतिस्पर्धामा आएकोले बीरगंजको समस्या समाधानको खाका लिएर आएको एमाले माओवादी गठबन्धले जित्ने दापा समेत गर्नुभयो । कार्याक्रममा एमालेका नेताहरु पुरेन्द्रकिशोर लाभ, शिवजी गुप्ता, महमद अन्सारी, सगिर अन्सारी, बिना शर्मा, रामाधार चौरसिया लगायतका उूम्मेदवारहरुले आ—आफ्नो धारणा राख्नुभएको थियो ।