बीरगंज ७ पुस, ।.बिरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा बिहानै अज्ञात समूहले एक विद्यार्थीमाथि छुरा प्रहार गरेको छ। बिहान साढे ७ बजेको समयमा ५ जनाको अज्ञात समूहले बीबीएस प्रथम वर्षका विद्यार्थी रोशन यादवमाथि छाती र हातमा छुराछुरा प्रहार गरेको हो। बीरगंज  राधेमाई घर भएका घाइते विद्यार्थी यादवको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सम्भव नभएर गण्डक अस्पताल रिफर गरिएको छ। यादवको अवस्था चिन्ताजनक रहेकाले रिफर गरिएको अस्पतालका चिकित्सक डा. मनोज गुप्ताले बताए।ठाकुरराम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रोशन लामिछानेले गुन्डा प्रकृतिको एक समूहले विद्यार्थीमाथि हमला गरेको बताए। प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक अनिश कर्णले छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको बताए।