वीरगंज , १ माघ सशस्त्र प्रहरी राजस्व गुल्म वीरगंज भन्सारको टोलीले ट्याङ्करबाट डिजल चोरिरहेको अवस्थामा दुईजना चालकलाई पक्राउ गर्नुका साथै तीनवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ ।
रक्सौलबाट वीरगंजतर्पm आइरहेको ना.१ त ६२९४, ना.२ ख २०८, ना.१ ख ४३७७ नं.को ट्याङ्करबाट डिजल चोरिरहेको अवस्थामा चालक रक्सौल निवासी रामसिपाही पण्डित र सहचालक कृष्ण कुमार पक्राउ परेका सशस्त्र प्रहरीले जनाएको छ ।  रक्सौलबाट डिजल बोकी अटोकेयर वीरगंज गण्डक, रेणुका आयल छातापिपरा, चित्रगुप्त आयल स्टोर्स नितनपुरको लागि ल्याइरहेको अवस्थामा मितेरी पुलनजिकै पार्किङ क्षेत्रमा गाडी रोकेर डिजल चोरिरहेको अवस्थामा सशस्त्र प्रहरीले पक्राउ गरेको हो । अन्य ट्याङ्करका चालक फरार भएपछि ट्याङ्करलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेका ट्याङ्कर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको प्रहरी नायब उपरीक्ष्Fक चक्रराज जोशीले जानकारी गराए ।
सशस्त्र प्रहरी निरीक्ष्Fक विकाश खतिवडा नेतृत्वको टोलीले डिजल चोर्ने चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो ।