वीरगंज अषाढ २०

जापानी राष्ट्रिय टोलीका कप्तान माकोतो  हासिबीले पनि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका छन्।‘मैले राष्ट्रिय टोलीमा मेरो करियरको अध्याय सक्ने निर्णय गरेको छु,’ हासिबीले सामाजिक सञ्जाल इस्टाग्राममा लेखेका छन्।  ३४ वर्षिय हासिबी जापानी डिफेन्सिभ मिडफिल्डर थिए। १२ वर्षदेखि हासिबी जापानको राष्ट्रिय टोलीबाट खेल्दै आएका थिए।यसअघि सोमबार राति भएको विश्वकपको प्रिक्वार्टर फाइनलमा  जापान बेल्जियमसँग ३ं)२ ले पराजित भएको थियो।मंगलबार मिड फिल्डर केइसुकी होन्डाले अन्तर्रा्ष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए।