वीरगंज,बैशाख १
वीरगंज जेसीसको जेसीस सप्ताह आज देखि शुरु भएको छ । सप्ताहको पहिलो दिन आज जेसीसले स्लो स्कुटी प्रतियोगिता सम्पन्न गरेको छ । घण्टाघर देखि माईस्थान सम्म भएको स्लो स्कुटी प्रतियोगितामा भारती गुरुङ्ग बिजय हुनुभएको थियो । वीरगंज जेसीसका अध्यक्ष दिलिप ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी वीरगंज जेसीसका संस्थापक पशुपति बिक्रम शाह रहनु भएको थियो । कार्यक्रममा वीरगंज जेसीसका पुर्व अध्यक्ष जेसी मधुराणा, उषा साह,संतोष खनाल,अशोक कुुमार गुप्ता, राजेश पटेल, सिनेटर निशान्त कुमार लामिछाने, गणेशमान श्रेष्ठ, बिजयराज कर्णीकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण वीरगंंज जेसीसका महासचिव टंकराज ढकालले गर्नुभएको थियो ।