वीरगंज, बैशाद ५
वीरगंज जेसीजले जेसीज सप्ताहको पाँचौ दिन आज दन्त शिविरको आयोजना गरेको छ । वीरगंज कारागारमा रहेको समता बिद्यालयका करिव ८० जना बिद्यार्थीहरुको दन्त परिक्षण गरिएको थियो । शिविरमा दन्त बिशेषज्ञय डा। मनोज उपाध्यायले दन्त परिक्षण गर्नुभएको थियो । वीरगंज जेसीजका अध्यक्ष दिलिप ढुङ्गेलको अगुवाई तथा कार्यक्रम संयोजक रवि सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी अमर बहादुर गौतम, निसान्त कुमार, संतोष खनाल, पशुपति बिक्रम साह लगायतको सहभागिता रहेको थियो । यसैगरी जेसीस सप्ताहको चौथो दिन हिजो पथलैयामा रहेको वृद्धा आश्रममा खाद्यन्न तथा लता कपडा बितरण गरिएको वीरगंज जेसीजका अध्यक्ष दिलिप ढुङ्गेलले जानकारी दिनुभयो ।